Thursday, April 4, 2013

रेसुङ्गा बहुमुखी क्याम्पसमा काँग्रेसको एकलौटी समितिको व्यापक विरोध

at 9:22 AM  |  No comments


गुल्मी २०६९ चैत २२ । गुल्मी जिल्लाकै पहिलो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसमा नेपाली काग्रेसको एक पक्षीय सञ्चालक समिती गठन गरेकोप्रति गुल्मी जिल्लामा क्रियाशील अन्य सबै राजनितीक दलहरुले घोर भत्र्सना गरेका छन ।......................

campusएककिृत नेकपा माओवादीका बुद्धी जी.सी, नेकपा एमालेका टोमलाल पाण्डे, नेकपा माओवादीका वीर बहादुर कार्की, राष्ट्रिय पजातन्त्र पाटीका भरत बहादुर चन्द राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने, नेकपा एकीकृतका भिमप्रसाद थापा, नेकपा मालेकी निर्मला पोखरेल र राष्ट्रिय पजातन्त्र पार्टी नेपालका त्रिबिक्रम चन्दद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्ती बिहीवार जारी गदै जिल्लाका ७९ गाविसका जनताहरुको करबाट सञ्चालित क्याम्पसमा नेपाली काग्रेसले राजनीतिीक हस्तक्षेप गरेको उल्लेख गरेका छन ।
उनीहरुले जिल्लाको पहिलो सामुदायिक रेसुङ्गा बहुमुखी क्याम्पसलाई आफ्नो भातृ सस्था सरह सञ्चालन गर्ने मनोबृत्तिसाथ चार महिनासम्म अनिर्णयको बन्दी बनाई अन्तिम घडीमा निर्वाचनको नौटकी रचेर सहमतीको स्थापित पद्धतीलाई तोडी काग्रेसले एकपक्षीय सञ्चालक समिती गठन गरेकोप्रति घोर भ्रत्र्सना र निन्दा गरेका छन । विज्ञप्तीमा उनीहरुले शुद्ध शैक्षिक सस्थामा रानीतिक गरि एकपक्षीय सञ्चालक समिती गठन गरेबाट उत्पन्न हुन सक्ने परिणमको जिम्मेवार नेपाली काग्रेस हुने समेत जानकारी गराएका छन ।
क्याम्पसको बृहत्तर प्रगतिका लागि हालै गरिएको महायज्ञमा करोडौ सहयोग गर्ने आम चन्दादाता, शिक्षाप्रेमी, सहयोगी सघं सस्था, गुल्मेली जनता जिल्लामा क्रियाशील राजीनितीक दलहरुको चाहाना र भावना विपरित क्याम्पसको सञ्चालक समिती गठन भएको स्पष्ट पारेका छन ।
प्रेस बिज्ञप्तीमा हस्ताक्षर गर्ने सम्पूर्ण राजनितीक दलहरु रेसुङ्गा बहुमुखी क्याम्पसलाई राजनितीक हस्तषेपमुक्त शुद्ध प्राज्ञिक शैक्षिक सस्थाको रुपमा स्थापित गर्ने र क्याम्पसको उन्नती र प्रगतिका लागि सक्रृय रहने समेत उनीहरुले प्रतिबद्धता ब्यक्त गरेका छन । क्याम्पसमा नेपाली काग्रेसले आफ्ना सभाषदहरुको बहुमत रहेको भन्दै बुधबार सहमती नगरेर एकलौटी क्याम्पस सञ्चालक समिती गठन गरेको थियो ।

Share
Posted by शिक्षा र सरोकार
About the Author

Write admin description here..

0 comments:

Labels

Text Widget

Blogger template Proudly Powered by Blogger.