काठमाडौ, चैत २१ – सुदुरपश्चिमका जिल्लामा यस वर्षपनि समयमै पाठ्यपुस्तक नपुग्ने भएको छ । नयाँ शैक्षिक सत्र शुरु हुने बेलासम्म पनि सुदुरपश्चिमका ९ जिल्लामा पाठ्यपुस्तक पुगेका छैनन् । पाठ्यपुस्तकको अवस्थाका बारेमा अनुगमन गर्न गएको टोलीले ती अझैसम्म पुस्तक पुग्न नसकेको जनाएको छ ।
कक्षा १ देखि ५ सम्म १७ लाख ५० हजार पुस्तक चाहिनेमा अहिलेसम्म ९ लाख ३ सय ८७ पुस्तक मात्र पुगेको छ । यस्तै ६ देखि १० कक्षासम्मका लागि १९ लाख ५५ हजार पाठ्यपुस्तकको आवश्यक भएकोमा अहिले १२ लाख १ हजार ८ सय ५६ पुस्तकमात्र पुगेको पाईएको अनुगमन टोलीले जनाएको छ । १ देखि ५ सम्मको ८ लाख ४९ हजार छ सय १३ पुस्तक र ६ देखि १० सम्मलाई सात लाख ५३ हजार एक सय ४४ पुस्तक आवश्यक छ । अहिले जनक शिक्षा सामाग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीले दैनिक १ लाखका दरले पुस्तक उपलब्ध गराइरहेको जनाएको छ ।


0 comments: