Thursday, April 4, 2013

पर्वतमा हावाहुरीले विद्यालय र घरका छाना उडाउदा बीसौँ लाखको क्षती

at 9:25 AM  |  No comments


राजबाबु पिसी, पर्वत, २०६९ चैत २१ । बुधबार दिउसो आएको हावाहुरीका कारण पर्वत जिल्लाका विभिन्न ठाउँहरुमा विद्यालय तथा घरहरुका छाना उडाएको छ । जिल्लाको शंकरपोखरी गाविस न्वार चाउकामा रहेको जनसहयोगी माविको दुईकोठे तला भत्कदा कार्यालय र पुस्तकालयमा क्षति पुगेको छ । कार्यालय र पुस्तकाालय भवन भत्किदा कार्यालयका सामान तथा पुस्तकहरुमा क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर केसीले जनाएका छन् ।
कार्यलय तथा पुस्तकालय भवनमा करिब ३ लाख बारबरको क्षति पुगेको विद्यालयले जनाएको छ ।
hawahuri photo1hawa huri photo2hawa huri photo3
त्यसैगरि जिल्लाको दुलङ्ग गाविस वडा ४ स्थित जायश्वर शर्माको घरका टिनको छानो उडाएर एक सय मिटर तल पुर्याएको छ । त्यस्तै जिल्लाको पिलटारी गाविसस्थित पुर्णेश्वर मावि वितलवमा तीन कोठे भवनको छाना उडाएर क्षति पुर्याएको विद्यालयका प्रअ सरोज केसीले जनाएका छन् ।
त्यस्तै जिल्ला खानीगाउँ स्थित भवानी विद्यापीठ उच्चमाविको एक कक्षा देखि मावि तहका भवन कोठाका टिनका छाना पूर्ण रुपमा उडाएको विद्यालयले जनाएको छ । सो विद्यालयमा झण्डै दशलाख भन्दा वढिको क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ शर्माले बताएका छन् ।

Share
Posted by शिक्षा र सरोकार
About the Author

Write admin description here..

0 comments:

Labels

Text Widget

Blogger template Proudly Powered by Blogger.