Thursday, April 4, 2013

सरकारले विद्यालय मापदण्ड निर्देशिका परिमार्जन नगर्ने

at 6:29 AM  |  No comments


काठमाडौ, चैत २१ – सरकारले संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका तत्काल परिमार्जन नगर्ने भएको छ । सबै पक्षसित छलफल गरेर निर्देशिका ल्याइएको हुनाले यसको कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो ।निजी विद्यालय सञ्चालकहरुसँग छलफल गर्न भने आफूहरु तयार रहेको उहाँको भनाई छ । एउटा कक्षामा न्युनतम २२ जना विद्यार्थी हुनुपर्ने लगायतका केही प्रावधान कार्यान्वयन गर्न नसकिने विद्यालय सञ्चालकहरुले बताउँदै आएका छन् ।
तर सरकारले भने निर्देशिकामा भएको प्रावधान अव्यहारिक नभएको बताएको छ । शुल्क, बिज्ञापन, बिद्यालयभित्रको खाजा, खाना, गाडी र अरु भौतिक संरचना सुधार सम्बन्धि बिषय निर्देशिकामा समेटिएको छ 

Share
Posted by शिक्षा र सरोकार
About the Author

Write admin description here..

0 comments:

Labels

Text Widget

Blogger template Proudly Powered by Blogger.