Thursday, April 4, 2013

लगातार कक्षा 'बंक' गरेमा बोर्ड परीक्षासमेत दिनै नपाउने

at 9:21 AM  |  No comments


काठमाडौं, २१ चैत
उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले लगातार कक्षा 'बंक' गरेमा बोर्ड परीक्षासमेत दिनै नपाउने गरी निष्कासित हुने भएका छन् । स्वतन्त्रताका नाममा घरबाट पढ्न हिँड्ने तर कक्षा 'बंक' गरेर फिल्म हेर्न तथा 'डेटिङ' जाने प्रवृत्ति बढेपछि परीक्षा नै दिन नपाउने गरी निष्कासन गर्ने आचारसंहिता बनाइएको हो । 
परिषद्का अनुगमन तथा कार्यक्रम योजना महाशाखाप्रमुख नारायण कोइरालाको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनमा पाँचपटकसम्म कक्षा बंक गरेमा यस्तो सजाय दिने उल्लेख छ । आचारसंहितामा मोबाइल, मोटरसाइकल र छोटो मिनीस्कर्टलाई समेत निषेध गरिएको छ । ........................
विद्यालयमा हाजिर भइसकेपछि विद्यार्थीले कक्षा 'बंक' गरेको पाइएमा विद्यालयले विभिन्न किसिमको कारबाही गर्न पाउने व्यवस्था गरिएको छ । पहिलोपटक बंक गरेमा विद्यार्थीलाई चेतावनी दिई अभिभावकलाई जानकारी दिने, दोस्रोपटकमा पाँच सय जरिवाना गरी अभिभावकलाई जानकारी दिने, तेस्रोपटकमा एक हजार जरिवाना गरी अभिभावकलाई जानकारी दिने, चौथोपटकमा अभिभावकलाई समेत कडा चेतावनी दिई दुई हजार जरिवाना गर्ने र पाँचौँपटक बंक गरेमा विद्यालयबाट निष्कासन गरी बोर्ड परीक्षामा समेत सामेल नगराउन सक्ने व्यवस्था गरिएको छ । 
आचारसंहितामा भनिएको छ, 'तर, विद्यार्थी विद्यालयमा अनुपस्थित रहने लिखित जानकारी अभिभावकबाट अगि्रम रूपमा आएको भएमा त्यसलाई कक्षा 'बंक' मानिने छैन ।'
आचारसंहितामा कक्षा ११ र कक्षा १२ का कुनै पनि विद्यार्थीले विद्यालयको पोसाकमा मोटरसाइकल प्रयोग गर्न नपाउनेसमेत उल्लेख छ । अभिभावक र विद्यार्थी दुवैलाई पहिलोपटकका लागि चेतावनी दिने र त्यसपछि पनि मोटरसाइकल प्रयोग गरेमा विद्यालयले प्रत्येकपटक पाँच हजार जरिवाना गर्न सक्ने र पटकपटक विद्यार्थीले मोटरसाइकल प्रयोग गरेको पाइएमा त्यस्तो विद्यार्थीलाई विद्यालयले निष्कासनसम्म गर्न सक्ने आचारसंहितामा उल्लेख गरिएको छ । 
आचारसंहिताले विद्यालयहाताभित्र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । आचारसंहितामा भनिएको छ, 'यदि मोबाइल प्रयोग गरेमा उक्त मोबाइल विद्यालयले जफत गरी एकपटकका लागि चेतावनीपत्रसहित अभिभावकलाई बुझाइनेछ । तर, पुनः विद्यार्थीबाट सो आचरण भंग भएमा विद्यालयले मोबाइल जफत गरी तीन हजारसम्म जरिवाना गर्न सक्नेछ ।'
आचारसंहिताले पोसाक कस्तो हुने भन्नेसमेत तोकेको छ । चुज पाइन्ट प्रयोग गर्न नपाइने, कम्मरभन्दा कम्तीमा एक इन्च माथिसम्म पाइन्ट/स्कर्ट हुनुपर्ने, स्कर्टको तल्लो भागको हकमा घुँडाभन्दा कम्तीमा दुई इन्च तलसम्म हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ ।
मदिरा, सुर्तीजन्य पदार्थ, पानपराग, गुट्खा, कानुनले बर्जित गरेका अन्य कुनै पनि पदार्थ विद्यालयहाताभित्र बेचबिखन गर्न र कसैले प्रयोग गर्न पाउने छैन । यदि कसैलेे त्यस्तो गरेमा उसलाई तत्काल प्रहरीको जिम्मा लगाउने प्रमुख कर्तव्य विद्यालय व्यवस्थापनको हुने अन्यथा विद्यालय व्यवस्थापनसमेतले सोको जवाफदेहिता वहन गर्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।


आचारसंहिता मान्छौँ : सरोकारवाला

उच्च माध्यमिक तहका लागि नेपाल सरकारबाट निर्णय भएको आचारसंहिता सरोकार पक्षले पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक विद्यालयका लागि जारी भएको आचारसंहिता सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । 
कार्यक्रममा उच्च माध्यमिक शिक्ष्ाा परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्रले आचारसंहिताले शिक्षा क्ष्ाेत्रमा सकारात्मक नतिजा ल्याउने दाबी गरे । 
परिषद्का सदस्यसचिव भीमलाल गुरुङले उमाविहरूलाई व्यवस्थित गर्न आचारसंहिता बनाइएको बताए । परिषद्का अनुगमन महाशाखा प्रमुख तथा आचारसंहिता निर्माण कार्यदलका संयोजक नारायण कोइरालाले सरोकार पक्ष्ा सबैको सहभागितामा बनेकाले सबैलाई हित गर्ने बताए । उच्च माध्यमिक विद्यालय संघ नेपाल -हिसान)का अध्यक्ष्ा उमेश श्रेष्ठले नयाँ आचारसंहिता पालना गर्न आफूहरू तत्पर रहेको बताए ।

Share
Posted by शिक्षा र सरोकार
About the Author

Write admin description here..

0 comments:

Labels

Text Widget

Blogger template Proudly Powered by Blogger.