Thursday, April 4, 2013

राजबाबु पिसी, पर्वत, २०६९ चैत २१ । बुधबार दिउसो आएको हावाहुरीका कारण पर्वत जिल्लाका विभिन्न ठाउँहरुमा विद्यालय तथा घरहरुका छाना उडाएको छ । जिल्लाको शंकरपोखरी गाविस न्वार चाउकामा रहेको जनसहयोगी माविको दुईकोठे तला भत्कदा कार्यालय र पुस्तकालयमा क्षति पुगेको छ । कार्यालय र पुस्तकाालय भवन भत्किदा कार्यालयका सामान तथा पुस्तकहरुमा क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर केसीले जनाएका छन् ।
कार्यलय तथा पुस्तकालय भवनमा करिब ३ लाख बारबरको क्षति पुगेको विद्यालयले जनाएको छ ।
hawahuri photo1hawa huri photo2hawa huri photo3
त्यसैगरि जिल्लाको दुलङ्ग गाविस वडा ४ स्थित जायश्वर शर्माको घरका टिनको छानो उडाएर एक सय मिटर तल पुर्याएको छ । त्यस्तै जिल्लाको पिलटारी गाविसस्थित पुर्णेश्वर मावि वितलवमा तीन कोठे भवनको छाना उडाएर क्षति पुर्याएको विद्यालयका प्रअ सरोज केसीले जनाएका छन् ।
त्यस्तै जिल्ला खानीगाउँ स्थित भवानी विद्यापीठ उच्चमाविको एक कक्षा देखि मावि तहका भवन कोठाका टिनका छाना पूर्ण रुपमा उडाएको विद्यालयले जनाएको छ । सो विद्यालयमा झण्डै दशलाख भन्दा वढिको क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ शर्माले बताएका छन् ।

पर्वतमा हावाहुरीले विद्यालय र घरका छाना उडाउदा बीसौँ लाखको क्षती

at 9:25 AM  |  No comments

Read More

0 comments:

गुल्मी २०६९ चैत २२ । गुल्मी जिल्लाकै पहिलो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसमा नेपाली काग्रेसको एक पक्षीय सञ्चालक समिती गठन गरेकोप्रति गुल्मी जिल्लामा क्रियाशील अन्य सबै राजनितीक दलहरुले घोर भत्र्सना गरेका छन ।......................

रेसुङ्गा बहुमुखी क्याम्पसमा काँग्रेसको एकलौटी समितिको व्यापक विरोध

at 9:22 AM  |  No comments

गुल्मी २०६९ चैत २२ । गुल्मी जिल्लाकै पहिलो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसमा नेपाली काग्रेसको एक पक्षीय सञ्चालक समिती गठन गरेकोप्रति गुल्मी जिल्लामा क्रियाशील अन्य सबै राजनितीक दलहरुले घोर भत्र्सना गरेका छन ।......................

Read More

0 comments:

काठमाडौं, २१ चैत
उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले लगातार कक्षा 'बंक' गरेमा बोर्ड परीक्षासमेत दिनै नपाउने गरी निष्कासित हुने भएका छन् । स्वतन्त्रताका नाममा घरबाट पढ्न हिँड्ने तर कक्षा 'बंक' गरेर फिल्म हेर्न तथा 'डेटिङ' जाने प्रवृत्ति बढेपछि परीक्षा नै दिन नपाउने गरी निष्कासन गर्ने आचारसंहिता बनाइएको हो । 
परिषद्का अनुगमन तथा कार्यक्रम योजना महाशाखाप्रमुख नारायण कोइरालाको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनमा पाँचपटकसम्म कक्षा बंक गरेमा यस्तो सजाय दिने उल्लेख छ । आचारसंहितामा मोबाइल, मोटरसाइकल र छोटो मिनीस्कर्टलाई समेत निषेध गरिएको छ । ........................

लगातार कक्षा 'बंक' गरेमा बोर्ड परीक्षासमेत दिनै नपाउने

at 9:21 AM  |  No comments

काठमाडौं, २१ चैत
उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले लगातार कक्षा 'बंक' गरेमा बोर्ड परीक्षासमेत दिनै नपाउने गरी निष्कासित हुने भएका छन् । स्वतन्त्रताका नाममा घरबाट पढ्न हिँड्ने तर कक्षा 'बंक' गरेर फिल्म हेर्न तथा 'डेटिङ' जाने प्रवृत्ति बढेपछि परीक्षा नै दिन नपाउने गरी निष्कासन गर्ने आचारसंहिता बनाइएको हो । 
परिषद्का अनुगमन तथा कार्यक्रम योजना महाशाखाप्रमुख नारायण कोइरालाको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनमा पाँचपटकसम्म कक्षा बंक गरेमा यस्तो सजाय दिने उल्लेख छ । आचारसंहितामा मोबाइल, मोटरसाइकल र छोटो मिनीस्कर्टलाई समेत निषेध गरिएको छ । ........................

Read More

0 comments:

काठमाडौ, चैत २१ – सरकारले संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका तत्काल परिमार्जन नगर्ने भएको छ । सबै पक्षसित छलफल गरेर निर्देशिका ल्याइएको हुनाले यसको कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो ।निजी विद्यालय सञ्चालकहरुसँग छलफल गर्न भने आफूहरु तयार रहेको उहाँको भनाई छ । एउटा कक्षामा न्युनतम २२ जना विद्यार्थी हुनुपर्ने लगायतका केही प्रावधान कार्यान्वयन गर्न नसकिने विद्यालय सञ्चालकहरुले बताउँदै आएका छन् ।
तर सरकारले भने निर्देशिकामा भएको प्रावधान अव्यहारिक नभएको बताएको छ । शुल्क, बिज्ञापन, बिद्यालयभित्रको खाजा, खाना, गाडी र अरु भौतिक संरचना सुधार सम्बन्धि बिषय निर्देशिकामा समेटिएको छ 

सरकारले विद्यालय मापदण्ड निर्देशिका परिमार्जन नगर्ने

at 6:29 AM  |  No comments

काठमाडौ, चैत २१ – सरकारले संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका तत्काल परिमार्जन नगर्ने भएको छ । सबै पक्षसित छलफल गरेर निर्देशिका ल्याइएको हुनाले यसको कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनुभयो ।निजी विद्यालय सञ्चालकहरुसँग छलफल गर्न भने आफूहरु तयार रहेको उहाँको भनाई छ । एउटा कक्षामा न्युनतम २२ जना विद्यार्थी हुनुपर्ने लगायतका केही प्रावधान कार्यान्वयन गर्न नसकिने विद्यालय सञ्चालकहरुले बताउँदै आएका छन् ।
तर सरकारले भने निर्देशिकामा भएको प्रावधान अव्यहारिक नभएको बताएको छ । शुल्क, बिज्ञापन, बिद्यालयभित्रको खाजा, खाना, गाडी र अरु भौतिक संरचना सुधार सम्बन्धि बिषय निर्देशिकामा समेटिएको छ 

Read More

0 comments:

काठमाडौ, चैत २१ – सुदुरपश्चिमका जिल्लामा यस वर्षपनि समयमै पाठ्यपुस्तक नपुग्ने भएको छ । नयाँ शैक्षिक सत्र शुरु हुने बेलासम्म पनि सुदुरपश्चिमका ९ जिल्लामा पाठ्यपुस्तक पुगेका छैनन् । पाठ्यपुस्तकको अवस्थाका बारेमा अनुगमन गर्न गएको टोलीले ती अझैसम्म पुस्तक पुग्न नसकेको जनाएको छ ।
कक्षा १ देखि ५ सम्म १७ लाख ५० हजार पुस्तक चाहिनेमा अहिलेसम्म ९ लाख ३ सय ८७ पुस्तक मात्र पुगेको छ । यस्तै ६ देखि १० कक्षासम्मका लागि १९ लाख ५५ हजार पाठ्यपुस्तकको आवश्यक भएकोमा अहिले १२ लाख १ हजार ८ सय ५६ पुस्तकमात्र पुगेको पाईएको अनुगमन टोलीले जनाएको छ । १ देखि ५ सम्मको ८ लाख ४९ हजार छ सय १३ पुस्तक र ६ देखि १० सम्मलाई सात लाख ५३ हजार एक सय ४४ पुस्तक आवश्यक छ । अहिले जनक शिक्षा सामाग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीले दैनिक १ लाखका दरले पुस्तक उपलब्ध गराइरहेको जनाएको छ ।

सुदुरपश्चिममा यसपाली पनि पुस्तक पुगेन

at 6:27 AM  |  No comments

Labels

Text Widget

Blogger template Proudly Powered by Blogger.