Monday, June 10, 2013

दीपक सापकोटा
 एक बज्यो, एक ट्याङ ।
दुई बज्यो, दुई ट्याङ ।
तीन बज्यो, तीन ट्याङ ।
जति बज्यो, उति ट्याङ ।
त्यसपछि एक घन्टाको सन्नाटा ओढ्छ, घन्टाघर ।
lokesanघन्टाघरले त्यस संसारको कहानी भन्छ, जुन आफ्नै ढङ्गको सुन्दर थियो, मनमोहक थियो । संरचना पुरानियो, तर सुगन्ध अझै उडेको छैन । समयको दाँतीले उसको शान-सौकत खोसि्रयो होला, खन्यो होला । तर, बेलाबेलामा पेन्डुलम बजाएर ऊ आफू जीवितै रहेको प्रमाण पेस गरिरहेछ । वरिपरिको स्वरूप बदलिएको छ । चिजहरू पुरानिएका छन् । ऊ पनि पुरानिएको छ । तर, उस्तै रहने प्रयत्न छोडेको छैन उसले ।
रानीपोखरीको ठीक पूर्व सारा काठमाडौँलाई दृष्टि दिएर ठिङ्ग उभिएको घन्टाघर एक सय १६ वर्ष पुरानो हो । यो बुढ्यौलीमा समयका विकृतिहरूसँग जुधिरहने सामथ्र्य सायद अब ऊसँग छैन । अनुहारमा मुजा पर्न थालेको धेरै भइसक्यो ।
घन्टाघरको ट्याङ-ट्याङसँगै मानिसको जिन्दगी पनि छिट्छिटो बदलिइरहको छ । कयौँका सपना पूरा भएका छन्, कयौँका बीचबाटामै हराएका छन् र कयौँका सपना माटोमा मिलिसकेका छन् । घन्टाघरको रफ्तारसँगै सुन्दर सपनाहरूमा धमिरा लाग्दै गएका छन् । एक शताब्दीमा बितेको समयमा भविष्यको पनि कथा लेखिएको हुन्छ । शताब्दीले एउटा नयाँ दुनियाँ जन्माउँछ । सम्बन्धको, सपनाको, जीवनको एउटा रूप आफैँ निर्माण भइरहेको हुन्छ ।
मानिसका भरोसा र जिज्ञासा पनि ठोक्किएका छन्, यो समयघरसँग । यात्रु बिरलै होलान्, जो घन्टाघरलाई एक दृष्टि नदिई हिँड्छन् । यसकै अघि उभिएर कतिले आˆनो घडी मिलाए, कतिले कविता लेखे । गि्रक रोमन वास्तुकलालाई आधार मानेर निर्माण गरिएको दम दिएर चल्ने घन्टाघरले सारा सहरलाई समय बितेको, गुज्रेको आभास दिइरहेजस्तो लाग्छ । निरङ्कुश शासनमा ठडिएको घन्टाघरले यसबीच कति गोता खायो, त्यसको हिसाबकिताब छैन । समयका प्रहारहरूले अब यो यति जीर्ण भइसकेको छ, भूकम्पको सामान्य झट्काले पनि ढल्न सक्छ । केही सुर चर्किसकेका स्पष्टै देखन्छिन् । काठको भर्‍याङका कुनै पनि पाटा सद्दे छैनन् । खुट्किला नै भाँच्चिहाल्ला कि जसरी डराउँदै भित्ता समाएर माथिल्लो तलामा पुग्नुपर्छ । परेवाले प्रत्येक खुट्किलोमा गुँड लगाएका छन् । जहीँतहीँ फोहोरको गुन्डाराज छ । ऐतिहासिक धरोहर रे ! मर्मतका लागि भने वर्षमा राज्यले पन्ध्रोटा सय खर्चिन्छ । हरे, राज्यको ‘सेन्स’ !
वीर शमशेरका पालामा बनेको घन्टाघर थुप्रै पटक बन्द भयो । फेरि चल्यो, ९० सालको भुइँचालोमा भत्कियो र फेरि ठडियो, यो समय-घर, नयाँ स्वरूपमा । ०३८ सालमा आगलागी पनि भयो । सँगैको कुरुवा घरलाई आगोको लप्काले छोएपछि घन्टाघरको ‘वेट बक्स’ (वेट बक्समा विभिन्न क्षमताका धातुको चक्का झुन्ड्याइएको हुन्छ र दम दिएपछि पेन्डुलमका कारण घडी चलिरहन्छ) मा पनि असर पर्‍यो ।
घन्टाघरले देख्दादेख्दै नेपाली समाजमा थुप्रै कुरा बदलियो । समाजमा नयाँ-नयाँ पिढी उदाउँदै, अस्ताउँदै गए । समाजका समकालीन चेतनाको स्तर नाप्न मिल्नेगरी देशले धेरै नेता, व्यवस्था र आर्थिक प्रणाली फेर्दै गयो तर, घन्टाघर उही छ । घन्टाघरले राणा शासन भोग्यो, प्रजातन्त्रको बहाली भोग्यो, फेरि राजाको शासन, अनि बहुदल र गणतन्त्र सबै भोग्यो । विचार, मूल्य, जीवनशैली, वास्तुकला सबै परिर्वतन भए । तर, घन्टाघर अग्रगमन, प्रतिगमन, शासक अनि विद्रोही सबैको एक्लो साक्षी हो ।
घन्टाघर एउटा ठूलो सहरको सानो सडक किनारमा बूढो मान्छेझैँ उभिएको उभिएकै छ । यसबीच नजिकैको रानीपोखरीमा प्रतिविम्ब हेर्दै धेरैपटक आफ्नो जवानी सुमसुम्यायो होला । ती दिन उसलाई राम्ररी याद छन्, अनि याद छन्, आफ्ना अगाडि-पछाडि अन्त्यहीन दौडमा वेगले दौडिएका मान्छेहरू ।
महानगरका बच्चाहरूलाई घन्टाघरको कान्तिपुरी विगत कुनै जादुयी दुनियाँको कहानीजस्तो लाग्छ होला । घन्टाघरसँग परिवर्तन र अनुभव दुवै छन् । कुनै बेला राणाका घोडाका टाप मात्रै दौडिने घन्टाघरअघिको सडकमा अहिले आयातीत गाडी ठेलमठेल गरेर दौडिरहेका छन् । अब उसलाई स्पर्श गर्ने हातहरू पनि पहिलेजस्तो निश्चल र कञ्चन कहाँ छन् र ? कोही पिसाब फेर्ने निहुँले पस्छन् त कोही आफ्नी गर्लफ्रेन्डसँग मनलागी गर्दै घन्टाघरलाई हेपिरहन्छन् । कोही बेरोजगार युवा सहर हेर्न र यसलाई सराप्न घन्टाघर पस्छन् । घन्टाघरमा ‘आउटसाइडर’को यस्तो दबदबा छ कि, साँझ यसको ‘कम्पाउन्ड’भित्र चुरोटको धुवाँ फुक्ने र यदाकदा बियरको चुस्की लिने युवा टन्नै हुन्छन् । इतिहासको एउटा महत्त्वपूर्ण विम्बलाई हेपिरहेका छन् उनीहरू ।
बत्तिसपुतली, नयाँबानेश्वर वा ठमेलमा देखिनेजस्ता भोजनालय यहाँ देखिँदैनन् । त्रिचन्द्र कलेज, रानीपोखरी अनि जामे मस्जिदलाई दौँतरी बनाएको छ घन्टाघरले । अनि हेरिरहेको छ, दुरुह परिवर्तन । मान्छेका हातहातमा मोबाइल छ । मोबाइलमा गफिनेका कुरा सुनिनसक्नुका छन् । युवतीका स्तन बयानदेखि यौनकर्मीका छाडा शब्दहरूसम्म सुन्नु उसको बाध्यता बनेको छ ।
०००
तन्नेरी छँदा घन्टाघरको रौनक अर्कै थियो । अहिले यो अनेकौँ घटना र राजनीतिक उतारचढावको साक्षी बनेको छ । छेवैको त्रिचन्द्र कलेजमा डुलिहिँड्ने क्याम्पसे युवा जोडी र देशै परिर्वतन गर्छु भन्ने तन्नेरी क्रान्तिकारी देखेको छ यसले । घन्टाघरअगाडि टहलिने र दौडनेहरूको फेसन फेरिएको छ । नेपालको लामो इतिहासको साक्षी बसेको रानीपोखरीको पालेजस्तो लाग्ने घन्टाघरसँग सुखद् इतिहास मात्र बाँकी छ, गर्व गर्न लायक वर्तमान छै्न । घन्टाघरको पुरानो डिजाइनको ठूलो घडीले अहिले सही समय दिँदैन । पछाडिको झाडीबाट दिसा-पिसाबको गन्धचाहिँ आइरहन्छ ।
घन्टाघरनेरैको मुन्चाको भट्टी पसल अहिले छैन । ममचाको जन्म भएको त घन्टाघर जवान हुँदा हो । सुप र मम खाएको पनि देख्थ्यो घन्टाघर । यसले चार सहिदले अन्तिम सास फेरेको पनि देख्यो । राजा वीरेन्द्रको ०३१ सालको शुभ-राज्याभिषेकको रथ यसकै अगाडिबाट गुड्यो । राजा वीरेन्द्र र रानी ऐश्वर्याले श्रीपेच लगाएर हात्तीमा सवारी भएको दृश्य उसका मानसमा ताजै छन् । अनि राजा वीरेन्द्र, ऐश्वर्या र सम्पूर्ण परिवारको लाश पशुपतिनाथ लैजाँदै गरेको पनि उसैले देख्यो । कहिले रगत उमाल्ने र कहिले शालीनताको रङ घोलेर मदन भण्डारीले गरेका भाषण, व्यवस्था पल्टाउने जुलुस, दरबारको संहार, उसले के देखेन ? शासकीय जीवनका शानदेखि भरियाको पसिनाको रङ्ग घन्टाघरले हेरेको छ । छैटौँ पटकसम्म प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाको सडक नेतृत्व, उनको शासन र मृत्युको शोकयात्रा, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई र मदन भण्डारीका मलामी सबैले घन्टाघरलाई फेरो मारेका छन् । तिनीहरू सबैको जीवनमूल्य चुपचाप बुझ्ने सामथ्र्य भएको यो समय विम्बले आˆनै मूल्य भने निर्धारण गर्न सकेको छैन ।
मौलाउँदो उपभोक्तावादी संस्कृति, आधुनिकता र यान्त्रिकता सबैको साक्षी छ, घन्टाघर । खर्च गर्ने शैलीले नै सहरी जीवनयापनमा बदलाव ल्याएको घटना पनि घन्टाघरलाई थाहा छ । घन्टाघर के देख्दैन ? सपना बोक्नेहरू यहीँ छन् र सपना देखेरै आत्तिनेहरू पनि छन् ।
०००
०४४ सालदेखि घडीको रेखदेख गर्ने जिम्मा गणेश सापकोटाको हातमा आएको थियो । त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा सार्क सम्मेलन हुँदा घडी छिनछिनमा बन्द हुने भएकाले त्रिचन्द्र क्याम्पसका इलेक्टि्रसियन सापकोटालाई चौबिसै घन्टा घन्टाघरमा बस्ने व्यवस्था गरिएको रहेछ ।
समय सूचकले जुनैबेला पनि किन सही समय देखाउँदैन ? ‘मेसिनमा हालिने चिल्ला पदार्थ, तापक्रमजस्ता कारणले समय फरक पर्छ’, इलेक्टि्रसियन सापकोटा भन्छन् । सेकेन्ड सुईको रडमा कहिलेकाहीँ परेवा गएर बस्छ र समय तलमाथि हुन्छ । घन्टाघर मर्मतका लागि चाहिने सामान नेपालमा पाइँदैन । यो पुरातात्त्विक समयघर भगवान् भरोसामा चलेको छ । जसरी यो देश चलिरहेछ अनवरत, भगवान् भरोसमा ।
(याम्बुरी बुक प्वाइन्टबाट प्रकाशित निबन्धसंग्रह ‘लोकेसन’को एक अंश)

किताब अंश – समयदंशमा समयघर

at 7:15 AM  |  No comments

Read More

0 comments:

रत्ननगर (चितवन),  जेठ २७ गते । चितवन मेडिकल कलेज भरतपुरमा पाँच दिनदेखि उपचार गराइरहेकी सुत्केरी भवानी घिमिरेको अस्पतालको लापरबाहीका कारण मुत्यृ भएको भन्दै पीडितहरुले अस्पताल घेराउ गरेका छन् । अस्पतालसमेत तोडफोड गरेर अशान्ति मच्चाएको भन्दै अस्पतालले पनि ओपिडी सेवा बन्द गरेर आन्दोलन थालेको छ । पीडितपक्षले चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान गएको आरोपमा अस्पतालमा तोडफोड गरेका थिए ।
    अस्पतालमा विवाद चर्किएर तोडफोड हुन थालेपछि प्रहरी परिचालन गरिएको छ । पीडितहरुले उचित क्षतिपूर्ति र पीडकलाई कारबाहीको माग गरेका छन् । यस विषयमा आइतबार भएको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता गर्ने भनिएको थियो तर बैठक बस्न सकेको छैन । अस्पतालको सुरक्षाको माग गर्दै अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्य सङ्घसंस्थाहरु पनि आन्दोलित भएका छन् । रासस 

चितवन मेडिकल कलेजमा समस्या विरामी मर्कामा

at 7:11 AM  |  No comments

२७ जेठ, काठमाडौं । यतिबेला गाउँठाउँका वन र बगैंचामा लटरम्म आँप पाक्न थालेको छ । लिची, आल्चा, आरुबखडा त झन् जताततै पाइन्छन् । अलि चाँडो पाकेका यी फलफूल छिटै निखि्रए पनि आँप भने अझै एक डेढ महिनासम्म छेलोखेलो नै हुन्छ ।
बोटमा पाकेको होस् या बजारमा सजाएर राखेको, देख्नेबित्तिकै सबैलाई खाउँखाउँ लागिहाल्छ । गर्मीका बेला यस्ता फलफूल खाँदा आँत पनि भरिन्छ । जीउ स्वस्थ र फूर्तिलो पनि हुन्छ । तर, मीठो लाग्यो भन्दैमा जथाभावी खायो भने चाहिँ यही फलफूलले अस्पतालको बास पनि गराउँछ । यही कारण कतिजनाले झाडापखाला, आउँ र हैजा लागेर ज्यान समेत गुमाउने गरेका छन् ।1
‘यो सिजनमा बासी र सडेगलेका खानेकुराजस्तै यस्ता फलफूल पनि धेरै खान हुँदैन’ फिजिसियन डा. वासुदेव पाण्डेले अनलाइनखबरसित भन्नुभयो-’ठिक्क खायो भने स्वस्थ र निरोगी भइन्छ, धेरै भए बिरामी बनाउँछ ।’ बोटबाट टिपेर खाँदा र बजारबाट किनेर ल्याउँदा जुनसुकैबेला पनि फलफूलमा ध्यान दिनुपर्ने पाण्डेले बताउनुभयो । ‘काँचो खायो भने पनि बिरामी गराउँछ, जथाभावी पकाएर राखेको फलफूलले पनि फाइदा गर्दैन’- पाण्डेले भन्नुभयो ।
अहिले बजारमा औषधि राखेर पकाइएका आँप छ्याछ्याप्ती पाइने भएकाले यस्तो आँप नखान उहाँको सल्लाह छ । ‘कुन पकाएको र कुन आफैं पाकेको भनेर छुट्याउन त गाह्रो हुन्छ, तर आफूलाई विश्वास नहुँदा नकिनेकै राम्रो’ उहाँले भन्नुभयो । तराई र भारतबाट आउने आँप औषधि राखेर पकाइने भएकाले त्यसले हानी पुर्याउने उहाँले बताउनुभयो ।2
बोटबाट टिपेको र बजारबाट किनेको आँप, लिची, आल्चालगायतका फलफूल राम्रोसँग पखालेर मात्र खानुपर्छ । ‘बोक्रा फालेर खानुपर्छ, कुहिएको र सडेगलेको खान हुँदैन’ पाण्डेले भन्नुभयो । उहाँले यस्ता फलफूल पेटभरी नखान पनि सल्लाह दिनुभएको छ । ‘मीठो लाग्यो भन्दैमा जति पनि खान हुँदैन, ठीक्क मात्रै खानुपर्छ ।’
- See more at: http://www.onlinekhabar.com/2013/06/80553/#sthash.WzXYAaPw.dpuf

मौसमी फल : थोरै खाए बल, धेरै खाए अस्पताल

at 7:10 AM  |  No comments

काठमाडौ,  जेठ २७ गते । यहाँस्थित पाकिस्तानी राजदूतावासले काठमाडौँ र चितवनका ११० जना विद्यार्थीलाई जनही रु १० हजार छात्रवृत्ति स्वरुप प्रदान गरेको छ । प्रवेशिका र दस जोड दुई परीक्षामा सर्वोकृष्ट अङ्क ल्याएका काठमाडौँका छ र चितवनका दुईवटा सामुदायिक उच्चमाविका क्रमशः ९० र २० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो । 
    आज यहाँ आयोजित एक कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापकमार्फत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्दै नेपालका लागि पाकिस्तानी राजदूत अर्सद सउद खोसाले भविष्यमा पनि यस्तो सहयोग जारी रहने बताउनुभयो । 
    “दुई वर्षअघि थालिएको यो प्रयासलाई भविष्यमा अझ विस्तार गरिनेछ” – पैंतीस जनाबाट सुरु भएको छात्रवृत्ति वितरण सङ्ख्याले १०० नाघेको बताउँदै उहाँले भन्नुभयो ।  राष्ट्र निर्माणको आधारस्तभ शैक्षिक विकास भएकाले यस क्षेत्रमा नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि राजदूत खोसाले व्यक्त गर्नुभयो । रासस 

विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति

at 7:08 AM  |  No comments

Labels

Text Widget

Blogger template Proudly Powered by Blogger.